Our offices will be closed from 22 December and will re-open on 5 January at 9.00am (8.30am for QLD).  If you are an SSI client and need urgent attention, please call your case manager. For all other enquiries, visit our contact page, phone your nearest office location and leave a voicemail including your name, number, and a brief message. Thank you and wishing you a happy holiday.

Accessibility & Language Icon
तपाईं आफ्नो समुदायसँग कसरी जोडिने

अपाङ्गताको जीवन अनुभव भएका व्यक्तिहरूका लागि, समुदायसँग सम्मिलित हुनाले समग्र स्वास्थ्य र खुशीमा सुधार ल्याउन ठूलो भूमिका खेल्छ। यसले तपाईंलाई नयाँ सीपहरू हासिल गर्न, समान विचारधारा भएका व्यक्तिहरू भेट्न र आफू रमाउने जीवन निर्माण गर्न मद्दत गर्न सक्छ।

तपाईं समुदायसँग जोडिनु भनेको तपाईंको घर बाहिरका गतिविधिहरूमा भाग लिनु हो वा भर्चुअल माध्यमबाट अनलाइन समूहहरू मार्फत सहभागी हुनु हो। यसमा मानिसहरूसँग घुलमिल हुने र तपाईंलाई रुचि लाग्ने कामहरू गर्ने जस्ता कुराहरू पर्छन्।

सबै जनाको फरक-फरक आवश्यकताहरू हुन्छन्, त्यसैले आफूलाई उपयुक्त हुने तरिकाले सम्पर्कमा रहनु महत्त्वपूर्ण हुन्छ। सुरुवात गर्न तलका संसाधनहरू हेर्नुहोस्।

सहकर्मी समूहहरू

पियर-टु-पियर (सहकर्मी) असक्षमता समूहमा सामेल हुनु अतिरिक्त सहयोग प्राप्त गर्ने र नयाँ साथीहरू बनाउने उत्तम तरिका हो।

यी नियमित बैठकहरूमा, अपाङ्गता भएका व्यक्तिहरू आफ्ना चुनौतीहरू र लक्ष्यहरूको बारेमा कुरा गर्न एकसाथ भेला हुन्छन्। तिनीहरूले राष्ट्रिय अपाङ्गता बीमा योजना (National Disability Insurance Scheme) (NDIS) सेवाहरू वा कार्यस्थलमा असक्षमता जस्ता विषयहरूमा उपयोगी सल्लाह बाँडछन् र छलफल गर्छन्।

अपाङ्ग सहयोग प्रदान गर्ने परिवारका सदस्यहरू र हेरचाहकर्ताहरू सहभागी हुन सक्ने समूहहरू पनि छन्।

कस्ता प्रकारका असक्षमता समूहहरू उपलब्ध छन्?

पियर-टु-पियर (सहकर्मी) असक्षमता समूहहरू सामान्यतया विभिन्न रुचिहरू वा अक्षमताका प्रकारहरूमा आधारित हुन्छन्।

उदाहरणका लागि, एउटा समूह मानसिक रोग भएको व्यक्तिको हेरचाह गर्ने परिवारहरूको हुन सक्छ। अर्को मस्तिष्क पक्षघात भएका व्यक्तिहरूको लागि हुन सक्छ। त्यहाँ विशेष भाषाहरू र पृष्ठभूमिहरूका मानिसहरूका समूहहरू पनि छन्।

त्यहाँ कुनै निश्चित ढाँचा छैन, तर सामान्यतया एक प्रशिक्षित सहजकर्ता कुराकानीहरू अगाडी बढाउन उपस्थित रहन्छ। केही असक्षमता समूहहरू अनलाइन भेट्छन् भने अन्य समूहहरू व्यक्तिगत रूपमा भेट्छन्। केही असक्षमता समूहहरू हप्तामा एक पटक भेट्छन् भने अरू समूहहरू हरेक महिना भेट्छन्।

सबै समूहहरू समान अनुभव भएका व्यक्तिहरूसँग जोडिनको लागि उत्कृष्ट तरिका हो। तिनीहरूले तपाईंलाई राष्ट्रिय अपाङ्गता बीमा योजना (NDIS), बुझ्न, सहयोगी सञ्जाल निर्माण गर्न र नयाँ सीपहरू सिक्न मद्दत गर्न सक्छन्।

कसरी मेरो नजिकको पियर-टु-पियर (सहकर्मी) असक्षमता समूह भेट्टाउन सक्छु?
  • अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्ने संस्थालाई सम्पर्क गर्नुहोस्
  • तपाईंको सामुदायिक संस्था वा समूहहरू, स्थानीय सरकारहरू, पूजा गर्ने ठाउँहरू वा विद्यालयहरूमा सोध्नुहोस्।
  • तपाईंको भाषामा उपलब्ध स्थानीय असक्षमता समूहहरूका लागि अनलाइन खोज्नुहोस्
तपाईलाई कस्तो सहयोग उपलब्ध छ?

पुनर्वास सेवा अन्तर्राष्ट्रिय (Settlement Services Internationa) (SSI) ले तपाईंको समुदायसँग जोडिने यात्रालाई मद्दत गर्न सहयोगी तथ्यपत्रहरू सिर्जना गरेको छ।

प्रत्येक तथ्य-पत्रहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो समुदायमा आफ्नो जीवनको अधिकतम उपयोग गर्न मद्दत गर्ने जानकारी छ।

तपाईंले तिनीहरूलाई आफैलाई वा तपाईंको साथीहरू र परिवारलाई शिक्षित गर्न प्रयोग गर्न सक्नुहुन्छ। कुराकानी सुरु गर्नको लागि तपाईंले तिनीहरूलाई आफ्नो पियर-टु-पियर (सहकर्मी) समूहमा पनि ल्याउन सक्नुहुन्छ।

तथ्यपत्रहरू छवटा भाषाहरूमा उपलब्ध छन्: अरबी, चिनियाँ, नेपाली, हिन्दी, स्पेनिश र भियतनामी।

नेपालीमा तथ्य पत्रहरू

अपाङ्गता भएका व्यक्तिहरूका लागि रोजगारी र रोजगारी कसरी खोज्ने भन्ने बारे जान्नुहोस्।

अपाङ्गता भएका व्यक्तिहरूका लागि आफ्नो आवाज कसरी उठाउने र वकालत गर्ने भनेर जान्नुहोस्। .

NDIS कोषको लागि कसरी आवेदन दिने र के कस्ता असक्षमता सहायता उपलब्ध छ भनेर जान्नुहोस्।

सहयोगको समूह मानिसहरूको समूह हो जो एक व्यक्तिको लक्ष्य र चासोहरू प्रवर्द्धन गर्नका लागि मद्दत गर्न एकसाथ जुट्छन्। आफ्नो वरिपरि सहयोग समूह कसरी बनाउने भनेर जान्नुहोस्।

तपाईंले समुदायमा किन स्वयंसेवा गर्नुपर्छ र कसरी संलग्न हुने भनेर जान्नुहोस्।

यी असक्षमता सहयोग संसाधनहरू किन सिर्जना गरियो?

२०२० मा पुनर्वाश सेवा अन्तर्राष्ट्रिय (Settlement Services International) (SSI) ले NSW भित्रका बहुसांस्कृतिक समुदायहरूमा बहुसांस्कृतिक सहकर्मी सञ्जाल (Multicultural Peer Network) (MPN) नामक असक्षमता सहयोग समूहहरू चलाएको छ। यो कार्यक्रम समाज सेवा विभाग (Department of Social Services) (DSS) को अनुदानमा सञ्चालन भएको थियो र २०२३ को प्रारम्भमा समाप्त भयो।

कार्यक्रम समाप्त भएपछि, SSI ले अपाङ्गता समुदायलाई कार्यक्रमको क्रममा सिर्जना गरिएका संसाधनहरूबाट लाभ उठाउन जारी राख्न सशक्त बनाउन खोज्यो। यी संसाधनहरू अब सार्वजनिक रूपमा सबैलाई नि:शुल्क प्रयोग गर्नका लागि उपलब्ध छन्।

MPN एक प्रभावकारी, सहकर्मीको नेतृत्वमा सञ्चालन हुने सहयोग समूहहरूको संग्रह थियो जसले बहुसांस्कृतिक समुदायहरूमा अपाङ्गताको जीवन अनुभव भएका मानिसहरू तथा उनीहरूका हेरचाहकर्ताहरू र परिवारहरूलाई स्वतन्त्रत बन्न प्रोत्साहन दिएको थियो।

तपाईंले कार्यक्रमको बारेमायहाँथप जानकारी पाउन सक्नुहुन्छ।

असक्षमता भएका मानिसहरूलाई सहयोग गर्ने सहयोगी लिङ्कहरू र SSI कार्यक्रमहरू

यस वेबपृष्ठमा रहेका संसाधनहरू, सहजकर्ता प्रशिक्षण वा SSI ले सामुदायिक संस्थाहरूलाई समर्थन गर्ने अन्य तरिकाहरू बारे थप जान्नको लागि community@ssi.org.au मा इमेल गर्नुहोस्।

NSW मा SSI को अक्षमता सेवाहरूको बारेमा थप जानकारीको लागि, कृपया हाम्रो स्थानीय क्षेत्र समन्वयक सेवा पृष्ठ हेर्नुहोस् वा ssilac@ndis.gov.au मा इमेल गर्नुहोस्।

SSI ले अपाङ्गता भएका व्यक्तिहरूको लागि व्यक्तिगत रोजगार सहयोग प्रदान गर्दछ। थप जानकारीका लागि यहाँ हेर्नुहोस् वा employment@ssi.org.au मा इमेल गर्नुहोस्।

SSI मार्फत तपाईंको स्थानीय समुदायलाई योगदान दिने सयौं स्वयंसेवकहरूको समुदायमा सामेल हुनुहोस्। हाम्रो स्वैच्छिक पृष्ठ मा गएर वा volunteer@ssi.org.au मा इमेल पठाएर स्वयंसेवा अवसरहरू अन्वेषण गर्नुहोस्।